१२ कार्तिक २०८३, बुधबार

ब्राह्मण-क्षेत्रीहरुको एकता रहने बेला सम्म धर्मान्तरण गर्हो भएको भन्दै लडाउने प्रयास

एसीपी संवाददाता

२३ चैत्र २०७७, सोमबार १५:५३ मा प्रकाशित

काठमाडौँ। धर्मान्तरण गर्ने कार्यमा सक्रिय रहेका क्रिस्टियन संस्थाहरुले अब हुने राष्ट्रिय जनगणानामा हिन्दूहरुको जनसंख्या घटाउन विभिन्न रणनीति अपनाइरहेको बुझिएको छ। क्रिस्टियन संस्था हिन्दूहरुको जनसंख्या कम देखाउनको लागि खसआर्य समुदायलाई भिन्न बनाउन लागि परेको तथ्य खुलेको छ।

खस-आर्य समुदायलाई छुट्टै देखाउनको लागि लागिरहेको तथ्य पुष्टी गर्ने किसिमको गोप्य सर्कुलर सामाजिक संजालमा भाइरल भइरहेको छ।

नेपाल राष्ट्रिय मण्डली संगतिका महासचिव पास्टर डिल्लीराम पौडेल र नेपाल क्रिस्टियन समाजका महासचिव पास्टर शेरबहादुर एमीको संयुक्त हस्ताक्षर रहेको उक्त सर्कुलरमा ब्राह्मण र क्षेत्रीय समुदायबीच भएको एकतालाई भत्काउने कुरा उल्लेख गरिएको छ।

उक्त सर्कुलरमा एकता भत्काउनको लागि अन्तराष्ट्रिय क्रिस्टियन संस्था युनाइटेड मिसन नेपालको अगुवाईमा हिन्दू आवरणको विश्व मष्ट महासंघ बनेको उल्लेख गरिएको छ। त्यस्तै नेपालको संविधानमा खसआर्य समुदाय एकै भएको भनेर उल्लेख हुनु सिंगो क्रिस्टियन समुदायको लागि दु:खको विषय भएको बताइएको छ। ‘युएमनको कुटनीतिक पहलबाट विश्व मष्ट महासंघ गठन भएको छ। नेपालको संविधानमा खसआर्य एकै हुन भनि कानुनमा समेटिनु ख्रिष्टिएन जगतको लागि दुखद कुरो हो,’ उक्त सर्कुलरमा उल्लेख गरिएको छ।

ब्राह्मण-क्षेत्रीहरुको एकता रहने बेला सम्म धर्मान्तरण गर्न अति कठिन हुने भएको भन्दै यी दुई समुदाय टुक्राउनुको विकल्प नरहेको निष्कर्ष पनि उक्त सर्कुलरमा गरिएको छ।

ब्राह्मण र क्षेत्रीहरुको एकतालाई भत्काउन अन्तराष्ट्रिय स्तरको क्रिस्टियन संस्था लागि रहेको पनि बताइएको छ। त्यसको लागि ब्राह्मण समुदायलाई आर्य-हिन्दु र क्षेत्री समुदायलाई खस-मष्टो बनाएर बिभाजन गर्ने रणनीति त्यस्ता संस्थाहरुले बनाएको खुलाइएको छ।

उक्त सर्कुलर भन्छ, ‘अन्तर्राष्ट्रिय स्तरका स्वीष्टियन संस्थाको विशेष बैठकले ब्राह्मण समुदायलाई आय-हिन्दू र क्षेत्रीय समुदायलाई खस-मष्टो बनाएर विभाजन गर्ने रणनीतिअनुसार मिसन अगाडि बढेको सहर्ष जानकारी गरिन्छ।’

यसपालीको जनगणनामा ब्राह्मण-क्षेत्री समुदायका क्रिस्टियनहरुलाई माथि उल्लेखित विवरण भर्नको लागि पनि निर्देशन दिइएको छ। ‘ब्राह्मण र क्षेत्रीलाई नटुकाएमम्म हामीले धर्मान्तरण गर्न कठिन हुने हुँदा यसपटकको जनगणनामा सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका क्रिस्टियनहरूले आफ्ना घरमा आउन गणकहरुलाई जातिमा खस र धममा मष्ट लेन लेखाउन आफ्ना भित्रका विश्वासीलाई जानकारी गर्न अपिल गर्दछौ साथै यस कार्यमा अझ होसियारीपूर्वक निरन्तर लागी रहन समेत हार्दिक अनुरोध गर्दछौं। तपाई हामी सबैलाई परमेश्वरले आपिश दिनुभएको होस् धन्यवाद,’ सर्कुलरमा उल्लेख छ।

धर्मान्तरण गर्ने कार्य संविधानत बर्जित भएपनि नेपालमा क्रिस्टियन मिसिनरीहरु धर्मान्तरण सक्रिय भएको तथ्य लुकेको विषय होइन।

नेपालदीपबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x