१२ कार्तिक २०८३, बुधबार

चिनले सिमा मिचेको भन्दै चार दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा हिल्सा पुग्यो टोलि

एसीपी संवाददाता

३१ भाद्र २०७८, बिहीबार २१:२९ मा प्रकाशित

३१ गते भदौ २०७८ बिहीबार । हुम्ला — नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोली हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको हो ।

लिमीका बासिन्दासँग छलफल गरी टाकुलेस्थित ११ नम्बरको सीमा स्तम्भको स्थलगत अध्ययन सुरु गरेको टोलीले जनाएको छ । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले टेलिफोनमा जानकारी दिए ।
टोलीमा नापी विभागका प्रतिनिधिसहित ७ जना सहभागी छन् । ‘११ नम्बरको सीमास्तम्भको अध्ययनपछि हिल्सा र किट क्षेत्रमा रहेका १० देखि ३ नम्बर स्तम्भको अध्ययन गर्छौं,’ उनले भने, ‘त्यसपछि लाप्चा क्षेत्रको १२ नम्बर स्तम्भको अध्ययन गरी सिमकोट फिर्ता हुन्छौं ।’ ईकान्तिओउर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x