२० बैशाख २०८३, आईतवार

पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा

एसीपी संवाददाता

१५ कार्तिक २०७८, सोमबार ०४:४३ मा प्रकाशित

१५ गते कात्तिक २०७८ सोमबार । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।

सो ज्ञापन पत्र बुझाउन धार्मिक सामाजिक एकता मन्च नेपालका हिन्दु समुदायको तर्फका संयोजक दिपक लोध राजपुत र मुस्लिम समुदायको तर्फका संयोजक मेराज अहमद हिमालय लगायत जिल्ला प्रशासन जानु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x