१२ कार्तिक २०८३, बुधबार

एस–४०० ट्राइम्फ क्षेप्यास्त्र प्रणाली भारत पठाउँदा अमेरिकाद्वारा चिन्ता व्यक्त किन ?

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार ०२:२५ मा प्रकाशित

३ गते मंसिर २०७८ । रुसले एस–४०० ट्राइम्फ क्षेप्यास्त्र प्रणाली भारत पठाउँदा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। रुसले सतहदेखि वायुसम्म प्रहार गर्ने एस–४०० भारत पठाउँदा अमेरिकाको रक्षा विभागले चिन्ता व्यक्त गरेको हो।

अमेरिकी रक्षा विभागको कार्यालय पेन्टागोनका प्रवक्ता जोन किर्विले सोमबार रिपोटरहरुसँग भनेका छन्,  ‘हाम्रो साँझेदार मित्र भारत रुसको एस–४०० क्षेप्यास्त्र प्रणालीलाई लिएर स्पष्ट छ। यस यस प्रणालीप्रति भने हामी हाम्रो चिन्तित छौँ।’रुसले भारत पठाएको एस–४०० अमेरिकी रक्षा विभागले कसरी लिएको छ भन्ने प्रश्नको जवाफमा उनले सो प्रतिक्रिया दिएका हुन्।

यसअघि अमेरिकी उप विदेशमन्त्री वेन्डी सेरमनले भारत यात्राको क्रममा एस–४०० क्षेप्यास्त्र प्रणालीको प्रयोग खतरनाक रहेको र कुनैपनि मुलुकको सुरक्षाको हितमा नरहेको बताएका थिए। रुसले केहि दिनअघि एस–४०० क्षेप्यास्त्र प्रणाली पहिलो चरणमा भारत पठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। डिसेम्बर दोस्रो हप्तासम्म रुसले सो क्षेप्यास्त्र प्रणाली भारत पठाइसक्ने बताइएको छ।

सन् २०१८ अक्टोबरमा भारतले रुससँग एस–४०० वायु रक्षा क्षेप्यास्त्र प्रणालीको पाँचवटा युनिट खरिद गर्ने सम्झौता गरेको थियो। करिब ५ अर्ब डलरमा गरिएको सो सम्झौताअनुसार रुसले सो क्षेप्यास्त्र प्रणाली भारत पठाउन सुरु गरेको बताइएको छ।
रुसको अत्याधुनिक हतियार प्रणाली मानिने एस–४०० क्षेप्यास्त्र प्रणाली खरिदमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रसासनले भारतमाथि रोक लगाउन सक्ने आशंका विश्लेषकहरुले गरेका छन्। एजेन्सी हरु बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x