१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन

एसीपी संवाददाता

१३ मंसिर २०७८, सोमबार १०:०२ मा प्रकाशित

१३ गते मङ्सिर २०७८ । पाकिस्तानमा अल्पसंख्यक महिलाहरूविरुद्ध अत्याचारहरू सामान्यजस्तै बनिरहेका छन्। पछिल्लो एक तथ्यांक अनुसार पाकिस्तानमा हरेक वर्ष एक हजारभन्दा बढी अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन गराउने गरेको पाइएको छ।

एक मानव अधिकारवादी अशिकनाज खोखरले पाकिस्तानमा धार्मिक अल्पसंख्यकबाट नाबालिग केटीहरूको अपहरण सामान्य कुरा भएको बताएका छन्। ग्रीक सिटी टाइम्सका अनुसार पाकिस्तान सरकारले यो विषयलाई गम्भीरतापूर्वक नलिएको र संसदले भर्खरै जबरजस्ती धर्म परिवर्तनसम्बन्धी विधेयक पारित गर्न अस्वीकार गरेको छ।

“हरेक वर्ष करिब १,००० ईसाई र हिन्दू केटीहरूलाई इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारिन्छ। अल्पसंख्यक केटीहरूको सुरक्षाको लागि समर्पित कानूनको कडा आवश्यकता छ,” उनले भने।

पाकिस्तानको पञ्जाब प्रान्तको अर्को घटनालाई उद्धृत गर्दै ग्रिक सिटीले १२ वर्षीया मीराब अब्बासलाई मुहम्मद दाउद र पाकिस्तानी प्रान्त बलुचिस्तानका मूल निवासीले अपहरण गरेको जनाइएको छ।

पाकिस्तानमा महिलाको दुर्दशा दिनानुदिन बढ्दै गएको छ। पञ्जाब प्रान्तमा २०२१ को पहिलो छ महिनामा करिब ६ हजार ७५४ महिला अपहरणमा परेका छन्। जसमध्ये १८९० महिला बलात्कृत, ३ हजार ७२१ यातना र ७५२ बालबालिका बलात्कृत भएका छन्।

अगस्त ३० मा, ट्रान्सपरेन्सी इन्टरनेशनल पाकिस्तानको बोर्ड अफ ट्रस्टीले देशमा महिलामाथि बढ्दो आक्रमणमा चिन्ता व्यक्त गरेको थियो। इस्लामावादमा करिब ३४ वटा आधिकारिक बलात्कारका घटना भएका छन् भने २७ घटना मिडियामा रिपोर्ट गरिएका छन्। फाइल तस्बिर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x