१२ कार्तिक २०८३, बुधबार

शुरु भयो चीन विरुद्ध र कृषि मन्त्री यादव विरुद्ध जनताको आक्रोश

एसीपी संवाददाता

१२ पुष २०७८, सोमबार १०:४१ मा प्रकाशित

१२ गते पौष २०७८ – झापा: आज झापाको सुरुङ्गामा स्वतन्त्र युवाहरुले कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने माग सहित दबाबमुलक प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवाहरुको समुहले कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएका छन ।भुवन खतिवडाको नेतृत्वमा दावा लामा,सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिएको हो ।

कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने,  कृषि बिमाको व्यवस्था गर्नुपर्ने,उत्पादनको उचित मुल्यांकन गरिनुपर्ने, लगायतका माग राखिएको थियो ।
उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएको थियो ।यता, चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारत सङ समन्वय गरि मल आयात गरि किशानहरुलाई सहज बनाउन समेत माग गरिएको अगुवा युवा राजेन्द्र उप्रेतीले बताए  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x