१२ कार्तिक २०८३, बुधबार

महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार १५:५१ मा प्रकाशित

भियतनाम- भियतनामले कडा सीमा नियन्त्रणका कारण चिनियाँ सिमामा हजारौं ट्रक अड्किएको र व्यापार अवरुद्ध भएपछि चीनको शून्य-कोविड नीतिहरूको कडा आलोचना गरेको छ।

गुआङ्सीले ‘शून्य कोविड’ नीति अन्तर्गत लागू गरिरहेको महामारी रोकथाम उपायहरू एकदमै अनुतरदायी एबम व्यापार अवरोधक रहेको भियतनामको भनाई छ।

चीनले बोर्डर गेट अपरेशनहरू रोक्दा फलफूललगायतका कुहिने सामानहरू समेत सिमानाका अड्किएपछी व्यापारीहरूले अपुरनीय क्षति व्योहोरनु परेको छ।

भियतनामको व्यापार मन्त्रालयका अधिकारीहरू दक्षिणपश्चिमी भेगका चिनियाँ अधिकारीहरूसँग भिडियो कल गरी सिमानाकामा गरिएको अबरोधहरू हटाउन माग गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x