१२ कार्तिक २०८३, बुधबार

एमाले नेताहरुको भ्रष्टाचार र अनियमिता बारे धमाधम खुलासा हुँदै

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार २१:२६ मा प्रकाशित

आफूलाई देशकै ठूलो कम्युनिस्ट पार्टी भएको दाबी गर्ने एमालेका नेताहरूको भ्रष्टाचार र अनियमितताबारे धमाधम तथ्य खुल्न लागेको छ ।
कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भानुभक्त ढकालदेखि ईश्वर पोखरेलसम्म मुछिएको जगजाहेरै छ । एमाले नेता रवीन्द्र अधिकारी वाइडबडी खरिद काण्डमा मुछिए । उनीपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईका काला कर्तुत सार्वजनिक भइरहेको छ ।

 

आफूलाई युवा नेता भन्न रुचाउने योगेशकै पालामा नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट खोल्न अनुमति दिएको पाइएको छ । यसअघि महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको सबैलाई थाहै छ ।
यति ओम्नि समूहमार्फत अर्बौ भ्रष्टाचार गरेको पाइएपछि केपी ओलीले आफ्ना मन्त्रीहरूलाई बर्खास्त नै गरेका थिए । ७० करोड कमिसन माग्ने पनि एमाले नेता नै हुन् ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए । बालुवाटारको सरकारी जग्गा हडप्ने पनि एमाले नेता विष्णु पौडेलकै संलग्नता रहेको पुष्टि भइसकेको छ ।
मुद्दा पर्ने डरले आफूले किनेको जग्गा पौडेलका छोरा नवीनले फिर्ता गरेका थिए । तत्कालीन एमाले नेता माधवकुमार नेपाल पनि यो जग्गाकाण्डमा मुछिएका छन् ।
सांसद अपहरण काण्डमा एमाले सांसद महेश बस्नेत नै मुछिए । उनी र किसान श्रेष्ठ मिलेर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौंको होटलमा ल्याएर राखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x