१२ कार्तिक २०८३, बुधबार

चीनलाई २६ अर्ब ब्याज तिर्दा पाकिस्तानमा आर्थिक संकट

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार ०२:०५ मा प्रकाशित

एजेन्सी – पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको  थियोे।  पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेब बाट  ल्याएको ऋण तिरेको थियो । अहििले पाकिस्तान आर्थिक संकट मा परेको छ । आफ्नो सबै काम ठेक्का चीन लाई दिनेे पाकिस्तानले चीनलाई ऋण तिर्दै जादा देेेशनै  संकटमा परेको हो ।

पाकिस्तानमा विपक्षी दलहरूले सरकारी असफलताका रूपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम ब्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०–०२१ को ऋणबापतकाे ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआईअन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआईअन्तर्गत चीनले विभिन्न मुलुकलाई तीन अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रवाह गरिसकेको छ । कतिपय मुलुकहरू ऋणको चर्को ब्याजमा परेर परियोजना नै चीनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अन्तर्राष्ट्रिय वित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रवाह गरिरहेको आरोप छ । चीनले भने साझा भविष्य निर्माणका लागि मुलुकहरूसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x