१२ कार्तिक २०८३, बुधबार

पुर्व मन्त्रि मो.इस्तियाक राईद्वारा कृषि क्षेत्रमा १ अर्व २० करोड लगानी

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार ०४:२० मा प्रकाशित

खगेन्द्र दाहाल, किसानआवाज  : बाँकेको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २१ मा नेपाल सरकारका पुर्व मन्त्रि मो.इस्तियाक राईले कृषि क्षेत्रमा १ अर्व २० करोडको लगानी लगाएका छन । आज सोमबार आयोजित पुर्व मन्त्रि राईको किसान फिड मिल प्रालिको उद्घाटन कार्यक्रममा उनले कृषि व्यवसायमा टेवा पुग्ने उदेश्यले लगानी लगाएको बताए ।

पुर्व मन्त्रि राईको किसान फिड मिलको उद्घाटन संघिय कृषि मन्त्रि महेन्द्र यादव राईले गरेका हुन । कृषि मन्त्रि राईले पुर्व मन्त्रि इस्तियाक राईले कृषिमा गरेको लगानीले पश्चिम क्षेत्रका जनतालाई ठुलो टेवा पुगाउने उल्लेख गरे । कुखुरा, माछा तथा पशुबस्तुलाई दाना खुवाउन लुम्बिनि, कर्णाली र सुदुरपश्चिमका किसान माझमा पुगाउने उदेश्यले किसान फिड मिल प्रालिले ‘किसान पिलेट दाना’ उद्योग संचालन गरिएको हो । प्रतक्ष २ हजार जनालाई रोजगारी दिने गरि उद्योगको स्थापना गरिएको पुर्व मन्त्रि राईले बताए ।

पुर्व मन्त्रि राईको परिवारहरु मिलेर संचालन गरेको कृषि व्यवसायका कामहरु मध्य रजा ग्रुप प्रालि मार्फत यस अघि नै ७५ हजार क्षमता बोइलर कुखुरा पालन गर्न सकिने गरि काम निरन्तर बढाइरहेका छन । सोमबार उदघाटन गरेको किसान फिड मिलमा मात्र ६५ करोड लगानी लागेको पुर्व मन्त्रि राईले जानकारी दिए । त्यस्तै रजा ग्रुप मार्फत संचालनमा आएको कुखुरा पालनमा २० करोड र ३५ करोड लगानीमा ह्याचरी उद्योग संचालन गर्ने गरि तयारी भएको उल्लेख गरे । उनले ह्याचरी उद्योग अबको ६ महिना भित्र संचालनमा ल्याइने जानकार दिए ।

किसान पिलेट दाना पशु आहाराका लागी उपयुक्त मानिएकोले नेपालकै नम्बर १ दानाका रुपमा अगाडि बढ्ने अर्का संचालक मो. कामरान राईले जानकारी दिए । दाना उद्योगमा प्रतिघण्टा १० मेक्ट्रीक्टन दाना तयार गर्न सकिने क्षमता रहेको राईले जनाए । दाना गोदाम घर ९ हजार मेक्ट्रीक्टन क्षमता रहेको उनले बताए ।

दाना उद्योगको उद्घाटनमा कृषि मन्त्रि यादव सगै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, संविधान सभा सदस्य सन्ध्या देव, नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापामगर, नेपाली काग्रेस बाँकेका सभापति किरण कोइराला, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर केसी, विभिन्न राजनितिक दल, कृषि तथा पशुसेवा सम्बन्धि विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, किसान लगाएतको उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x