१२ कार्तिक २०८३, बुधबार

विदेशीको फोटो पूजा गर्ने कम्युनिस्टलाई काउन्टर दिँदै प्रधानमन्त्रीले भने, ‘पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन्’

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार ११:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएको बताएका छन् ।

शाहको ३००औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन अपिल गरेका छन् ।

पाँच दलीय गठबन्धनका चार दलले विदेशी नेताहरुको फोटो पुज्ने तर आफ्नो देशको इतिहासलाई दुत्कारिरहेका बेला प्रधानमन्त्री देउवाले आफ्नै गठबन्धनका कम्युनिस्टहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवहरुलाई काउन्टर दिँदै पृथ्वीनारायण शाहलाई सम्झिएका हुन् ।

प्रधानमन्त्री देउवाले भनेका छन, ‘राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x