१२ कार्तिक २०८३, बुधबार

चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन

एसीपी संवाददाता

२८ पुष २०७८, बुधबार १०:२३ मा प्रकाशित

काठमाडौं- स्वतन्त्र नागरिक समूहले चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनविद्ध चर्को नाबाबाजी लगाइएको थियो ।

प्रदर्शनमा सहभागीहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

रसुवा र तातोपानी नाकामा चीनले गरेको अघोषित नाकाबन्दीविरुद्ध नागरिक समूहले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी रामु लामाले बताए ।

उनले भने,‘ उत्तरी जिल्लाका विभिन्न स्थानमा नेपालको भूमि चीनले अतिक्रमण गरेको छ र नेपाली विद्यार्थीलाई चीन प्रवेश गर्न नदिएर उनीहरुको भविष्यमाथि खेलवाड गरेकोले विरोध प्रदर्शन गरिएको हो ।’

प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको थियो । पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x