१२ कार्तिक २०८३, बुधबार

“गल्ती ढाकछोप गर्न चिनको वक्तव्य

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार ०२:३९ मा प्रकाशित

चिनले नेपालमा गरिरहेको अत्याचार,हस्तक्षेप र सिमा अतिक्रमण विरुद्ध नेपाली जनताले विरोध सुरु गरे पछी चिन सरकारले जनतालाई भुल्याउन फेरी वक्तव्य बाजी सुरु गरेको छ । आफुले गरेको गल्तिलाई ढाकछोप गर्ने चिनिया  राजदुतावास फेरी सक्रिय भएर लागेको छ । हालैका केही दिन यता नेपालमा चिनले गरेको हस्तक्षेप विरुद्ध आन्दोलनहरु हुंदै आईरहेका छन । चिन विरुद्धको आन्दोलन बाट त्रसित भएर चिनिया राजदुतावासले गल्तिलाई ढाकछोप गर्न वकतव्य बाजीलाई निरन्तरता दिन सुरु गरेको छ ।

श्रीलंकालाई ऋणमा डुवाएर टाट पल्टाएर त्यहांको आर्थिक अवस्थालाई दशकौ पछी धकेलिदिएको चिनले श्रीलंकालाई उठ्न नसक्ने गरी थला बसाई सकेको छ । त्यहांका प्राकृतिक सम्पदाहरु माथि आफ्नो आंखा गाडेको चिनले जव श्रीलंका टाट पल्टियो अव सहयोग गर्न नसकिने भन्दै पन्छिन खोजिरहेको छ । अर्वौ डलर ऋणमा डुवाएको श्रीलंका लाई चिनले अव त्यहां निमांण भएका आयोजना र निर्माण सकिएका भौतिक संरचना हरुलाई आफ्नो नियन्त्रणमा लिन सुरु गरिसकेको छ । चिनको महत्वकांक्षी परियोजना (BRI  ) अन्तर्गत ऋण रकम दिएर श्रीलंकाको आर्थिक अवस्था शुन्यमा झारेर महा आर्थिक संकटमा धकेलेदिएको छ ।

श्रीलंकाको यो अवस्था देखेर नेपाली जनताले मुलुकको राष्ट्रियता सार्वभौमको रक्षा र मुलुकलाई औपनीवेसिकरण हुनवाट रोक्न चिनको यो हस्तक्षेपकारी प्रवृतिको नेपाली स्वभिमान जनताले विरोध सुरु गरेका छन् । मुलुकलाई श्रीलंका हुनबाट जोगाउन र आफ्नो मुलुकको प्राकृतिक  सम्पदाको रक्षर्थ गरिएका आन्दोलनबाट अतालिएर चिन सरकार ले नेपाली जनताको आंखामा छारो हान्न वक्तव्य वाजिको श्रींखला सुरु गरेको छ । नेपालमा अघोषित नाकाबन्दी गरेर चिन त्यसैपनि आलोचित भईरहेको छ । नेपाली व्यवसायीका समान देखि सरकारी स्वास्थ्य सामाग्री सम्म चिनले नाकामा रोकेर राखेको छ । सिमामा चिनको अवरोधले नेपाली व्यापारी देखि सरकारी संयन्त्र सम्म आजित छन। नाका खोल्न पटक पटक आग्रह गर्दा पनि विभिन्न् बाहाना बनाएर नाका खोल्न चिनिया अधिकारी मानेका छैनन् ।

कोभिड संक्रमण सामान्य हुंदा पनि चिनले कोभिडको बाहाना बनाएर लगातार नाका बन्द गरिरह्यो । यसबाट नेपालीले धेरै दुख र शास्ती व्यर्होनु परिरहेको छ । नेपाललाई पनि ( BRI ) परियोजना अन्तर्गत खर्वौ डलरमा ऋणमा डुवाएर मुलुकको आर्थिक अवस्था नै डामाडोल बनाईदिने र त्यस पश्चात निर्माण भएका भौतिक संरचना आफ्नो कब्जामा लिने योजनाका साथ चिन अघी बढेको रहस्य थाहा पाएपछि नै नेपालमा चिन विरोधी आन्दोलनहरु सुरु भएका छन् ।

उतरी हिमाली  क्षेत्रमा भएको सिमा अतिक्रमण, नाकामा भएको अघोषित नाकाबन्दी खर्वौ डलरको ऋणको पासो, तराईमा बग्ने कमला नदीमा हस्तक्षेप ले नेपालको राष्ट्रियता र स्वभिमान नै नाङगो हस्तक्ष्ेप गरिरहेको छ । जनताले यस्तो हस्तक्षेपको विरोध गरेपनि नेपाल सरकार अहिले सम्म मौन बसिरहेको छ । अर्वौ डलर ऋणमा डुवाई सकेको नेपाललाई फेरी सिमा नाकामा समान रोकिदिएर करोडौं व्यापार घाटा व्यहोर्नु पर्ने बाध्यता बनाई दिएको छ ।

कोभिडको बाहाना बनाएर .मेडिकल अध्ययनरत विधार्थीहरुको पनि भविष्य माथि समस्या पारिदिएको छ । उनीहरुले इन्र्टन गर्न पाईरहेका छैनन् । हुम्लामा चिनले नेपाली भुमि अतिक्रमण गरेको प्रमाण सहित बाहिर आउंदा पनि चिन सिमामा कुनै विवाद छैन भनिरहेको छ । कुटनैतिक संवेदनशिलतालाई दृष्टिगत नगरी चिन एकतर्फि रुपमा आफ्नो बचाउ गरिरहेको छ ।

चिन संगको धेरै समस्याहरु एक पछी अर्को प्रश्न उठ्न थालेपछी चिनिया राजदुतावासले चिनले नेपालमाथि कुनै हस्तक्षेप नगरेको बक्त्व्य जारी गरेको छ । चिनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको विरुद्ध चिनिया राजदुत होउ यान्छी र चिा.नबाट उच्चह अधिकारीहरु नेपाल आएर राजनैतिकज रुपमा दवाव,प्रभाव र हस्तक्षेपहरुव गरिरहेको छन् ।

यो नेपाली जनता सामु र्छलङग भएको छ । यस्तो नाङगो हस्तक्षेप विरुद्ध नेपाली .जनताले आवाज उठाउन जरुरी रहेको विज्ञहरुको सुझाव रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x