१२ कार्तिक २०८३, बुधबार

चीनियाँ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

एसीपी संवाददाता

२९ फाल्गुन २०७८, आईतवार ०५:२६ मा प्रकाशित

चीनको वेल्ट एण्ड रोड इनिसियटिभ परियोजना (बीआरआई) को सम्झौता सार्वजनिक गर्न माग गर्दै वाराको सदरमुकाम कलैयामा प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानमा अवद्ध युवा तथा विद्याथीहरुले सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन।

अमेरिकी अनुदान सहयोग एमसीसी संसदबाट अनुमोदन हुनु अघि नै त्यसको आधिकारीक डकुमेन्ट सार्वजनिक भएपनि विआरआईसँग सम्वन्धित सम्झौता अहिलेसम्म लुकाएर राखिएको भन्दै प्रदर्शन गरिएको हो । विआरआई अन्तर्गत तत्कालीन नेकपाले चीनसँग चर्को ब्याजदरमा ऋण लिने गोप्य सम्झौता गरेको उनीहरुले आरोप लगाएका छन् ।

अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले श्रीलंकाकै हालतमा नेपाललाई पुर्याउन बीआरआई सम्झौता गरिएको भन्दै उक्त सम्झौता गरेर कम्युनिस्ट नेताहरुले राष्ट्रघात गरेको आरोप लगाए । उक्त गोप्य समझौता सम्पूर्ण जनतालाई अध्ययनका लागि उपलब्ध गराउन उनले माग गरेका छन् ।

प्रदर्शनमा राष्ट्रघाती बीआरआई समझौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सूचारु गर, जस्ता नारा लगाईएको थियो। सो क्रममा राष्ट्रपति सी चीनफिङको पुतला गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x