२३ जेष्ठ २०८३, शनिबार

भारतको अपरेशन गंगा: युद्धग्रस्त युक्रेनमा फसेका नेपाली, बंगलादेशी पाकिस्तानी र भारतीयहरूका लागि आशाको किरण

एसीपी संवाददाता

२९ फाल्गुन २०७८, आईतवार १६:१३ मा प्रकाशित

नमस्ते म अस्मा शफीक हुँ, र म पाकिस्तानबाट हुँ। हामी धेरै कठिन परिस्थितिमा फसेकाले हामीलाई यहाँ सबै तरिकाले साथ दिनु भएकोमा म कीभको भारतीय दूतावास प्रति साँच्चै आभारी छु। हामीलाई समर्थन गर्नुभएकोमा म भारतका प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। भारतीय दूतावासको कारणले हामी सकुशल घर पुग्छौं भन्ने आशा छ,” सुमी स्टेट मेडियल कलेजका एक पाकिस्तानी मेडिकल विद्यार्थीले लोकप्रिय समाचार एजेन्सी ‘एशियन न्यूज इन्टरनेशनल’ को भिडियोमा भने।

शफिकको भनाइ रुसको आक्रमणको सामना गरिरहेको युक्रेनको युद्धग्रस्त सहरबाट आफूलाई ल्याउन र सुरक्षित स्थानमा पुर्‍याउन सक्षम भारतीय टोलीहरूको साथ प्राप्त गरेपछि आएको हो। उनी अब पश्चिमी युक्रेनको बाटोमा छिन्, त्यसपछि छिटै उनको परिवारसँग पुनर्मिलन हुनेछ।

युद्ध प्रभावित युक्रेनमा फसेका सबै भारतीय नागरिकलाई मात्रै नभई अन्य देशका नागरीकहरुलाई समेत बाहिर निकाल्ने उदाहरणीय काम भारतले गर्न सकेको छ । यसका साथै भारतको परराष्ट्र मन्त्रालय र भारतीय वायुसेनाको संयुक्त प्रयासमा सञ्चालित आफ्नो उद्धार अभियान ‘अपरेशन गंगा’ मार्फत त्यहाँबाट सयौं नेपाली, बंगलादेशी र पाकिस्तानी राष्ट्रको उद्धार गर्न भारत सफल भएको छ ।

पछिल्लो दुई सातादेखि रुसको आक्रमणमा परेको युक्रेनमा रुसी सेनाले आफ्नो नियन्त्रणमा रहेका सहरहरू कब्जामा लिएर राजधानीतर्फ अघि बढ्न थालेका छन् ।

नेपालजस्ता छिमेकी राष्ट्रले पनि आफ्ना नागरिकलाई बाहिर निकाल्न भारतसँग आग्रह गरेका छन् । नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आग्रहमा हालसम्म युक्रेनबाट तीन नेपालीको उद्धार गरिएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले युद्धग्रस्त युक्रेनबाट आफ्नो देशका १३ जना बासिन्दालाई उद्धार गरेकोमा हिजो आफ्ना भारतीय समकक्षीलाई धन्यवाद दिएकी छन् ।

हिजो सुमीमा फसेका भारतीय नागरिकको अन्तिम ब्याच फर्किएसँगै ‘अपरेशन गंगा’ पूरा भएको भारतले जनाएको छ । विभिन्न देशका अधिकांश फसेका विद्यार्थीहरूको सफल उद्धारसँगै भारतको समयसापेक्ष कदम र प्रभावकारी कूटनीतिको प्रशंसा भइरहेको छ।

भारत सरकारले ‘अपरेशन गंगा’ अन्तर्गत एडभाइजरी जारी गर्न थालेपछि युक्रेनबाट करिब १७ हजार भारतीयलाई छिमेकी मुलुकमा सुरक्षित स्थानमा सारिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x