१२ कार्तिक २०८३, बुधबार

प्रचण्डले खुलेरै तारिफ गरे प्रधानमन्त्री देउवाको, कांग्रेस अब पहिलो पार्टी बन्ने घोषणा

एसीपी संवाददाता

२५ चैत्र २०७८, शुक्रबार ०७:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० को स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने बताएका छन् ।

कान्तिपुर टेलिभिजनसँगको एक अन्तर्वार्तामा प्रचण्डले स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने पनि बताएका हुन् । उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई वास्तविकता बुझ्ने र रणनीतिक कदम चाल्ने कटिबद्ध नेताका रुपमा प्रशंसासमेत गरे ।

प्रचण्डले माओवादी दुई सय बढी पालिकामा जितेर दोस्रो बन्ने दाबी पनि गरे । माओवादीले सम्हालेका गाउँपालिकाले राम्रो प्रदर्शन गरेको विभिन्न रिपोर्टले देखाएको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले उनले गठबन्धनमा सबै दल लचिलो हुने सहमति भएको पनि जानकारी गराए ।

माओवादीले सहकारीमार्फत उत्पादनको जग बसाल्ने एजेण्डा लिएर आत्म समीक्षासहित जनतामा जाने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x