१२ कार्तिक २०८३, बुधबार

कांग्रेसलाई ‘पागल’ भन्ने ओलीलाई महामन्त्री शर्माले दिए मुखभरीको जवाफ, एमालेमा तरंग!

एसीपी संवाददाता

१४ बैशाख २०७९, बुधबार ०१:२५ मा प्रकाशित

नेपाली कांग्रेसको घोषणापत्रबारे तथनाम भनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जवाफ फर्काएका छन्। पार्टीको घोषणा पत्रबारे ओलीले मंगलबार गरेको कडा टिप्पणीको शर्माले जवाफ फर्काएका हुन्।

ओलीले मंगलबार कांग्रेसले स्थानीय तह निर्वाचनका लागि जारी गरेको घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’को संज्ञा दिएका थिए।   ओलीले मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले एमालेको घोषणापत्रबाट चिटिङ गरेको पनि आरोप लगाएका थिए।

अझ अगाडि बढेर ओलीले कांग्रेसले एमालेलाई गाली गर्ने र मुख छाड्नेबाहेक घोषणा पत्रमा केही उल्लेख नगरिएको बताएका थिए।  ‘उदाहरणका लागि नेपाली कांग्रेसले अहिले चुनावको घोषणापत्र भनेर जुन प्रकाशित गरेको छ,’ उनले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज होइन। त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिँदैन। त्यो पागलहरूको प्रलाप हो।’

ओलीलाई आफूहरुको घोषणा पत्र उनको उडन्ते गफ जस्तो नभएको जवाफ शर्माले दिएका हुन्। ‘जिम्मेवार सपना त्यो होइन, जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ,’ उनले ओलीलाई ट्विटरमा भनेका छन्, ‘सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ। तपाईंलाई मन परेन ठीकै छ। तर कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई।’

शर्माले ओलीप्रति कटाक्ष गर्दै अब मंगल ग्रहमा माछापालन र च्याउ खेतीको सपना देखाउन बाँकी रहेको पनि बताएका छन्।  ‘मंगल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीुको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ,’ उनले भनेका छन्, ‘माफ गर्नोस्, श्रद्धेय कमरेड! उडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न काँग्रेसलाई आएन! खरा प्रश्न गर्न जनतालाई अपील गरौं, जिम्मेवार ढंगले जवाफ पेश गरौं। तर मर्यादाभन्दा तल गालीमा नझरौं। सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया!’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x