१२ कार्तिक २०८३, बुधबार

इमरान खान सरकारले रोजगारीको तथ्याङ्कलाई बढाइचढाइ गरेको दाबी

एसीपी संवाददाता

१४ बैशाख २०७९, बुधबार ०१:५५ मा प्रकाशित

पाकिस्तानका पूर्व अर्थमन्त्री र अर्थशास्त्री हाफिज ए पाशाले इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सरकारले रोजगारी सिर्जना र मुद्रास्फीतिको बारेमा गलत र बढाइचढाइपूर्ण तथ्याङ्क प्रस्तुत गरेको बताएका छन्।

पाशाले भने कि नयाँ रोजगारी संख्या बढाइचढाइ गरिएको थियो र मुद्रास्फीति दर घटेको दाबी गलत थियो, जियो न्यूजले रिपोर्ट गरेको छ।

५५ लाख प्रतिवद्धताको तुलनामा २५ लाख मात्रै नयाँ रोजगारी सृजना भएको र मुद्रास्फीति दर वास्तविक १५ प्रतिशतको तुलनामा ७।१२ प्रतिशतमा राखिएको उनले बताए ।

उनले थप भने कि पीटीआई सरकारमा बेरोजगारी दर ढ प्रतिशतमा पुगेको थियो र पीटीआईको औद्योगिक वृद्धिमा १५ प्रतिशतले वृद्धि भएको दाबीलाई पनि खण्डन गर्दै यो वास्तवमा १/२ प्रतिशत थियो भनी पाशाले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x