६ बैशाख २०८३, आईतवार

चीनियाँ युवतीसँग नाईट क्लवमा राहुल गान्धी, मदिरामा मस्त

एसीपी संवाददाता

२१ बैशाख २०७९, बुधबार ०१:०० मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी चीनियाँ महिलालाई लिएर ठमेलस्थित नाइट क्लबमा पुगेको पाईएको छ। उनी सोमवार राती डेढ घण्टासम्म एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएका थिए । इण्डिया टिभी न्युज डटकमले ती महिला चीनियाँ नागरिक भएको आशयको समाचार प्रकाशित गरेको छ।

राहुलले एलओडिमा मदिरा पनि सेवन गरेको स्रोतले जनाएको छ। राहुल नाईट क्लवमा देखिएपछि भारतमा हंगामा भईरहेको छ। खास गरी भाजपाका नेताहरुले उनको तिव्र आलोचना गरिरहेका छन् ।

नेता कपिल मिश्राले त राहुल गान्धीलाई चीन परस्त भएको सिंगिन आरोप लगाएका छन् । उनले लेखेका छन्– ‘यो राहुल गान्धीको नीजि जीवनको मामिला होइन । राहुल गान्धी कोसँग छन् ? के चीनको एजेन्टसँग छन् ? राहुल गान्धीले सेना विरुद्ध जुन ट्वीट गर्छन् के त्यो चीनको दबाबमा गर्छन् ? प्रश्न त सोधिन्छन्, प्रश्न राहुल गान्धीको मात्रै होइन, देशको हो।’

राहुल नीजी भ्रमणका क्रममा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडीमा गएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x