१२ कार्तिक २०८३, बुधबार

आइपीइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास

एसीपी संवाददाता

१६ जेष्ठ २०७९, सोमबार ०४:१५ मा प्रकाशित

अमेरिका समर्थित एशिया -प्रशान्त आर्थिक रुपरेखा (इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।

चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन्। आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र  चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन्।

आइपीइएफलाई आपूर्ति शृङ्खला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। पछिल्लो समय भारतले बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरेको छ।

चीनसँगको भारतको व्यापार बृहत् छ। दुई देशबीचको व्यापार यो वर्षको पहिलो त्रयमासमा १५.३ प्रतिशतले बढेर ३१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सार विभागले जनाएको छ। भारतमा चिनियाँ लगानी पनि बढेको छ। अघिल्लो वर्ष चौध अर्ब डलरभन्दा बढी चिनियाँ लगानी भारतका उद्यम विकासका क्षेत्रमा भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x