१३ कार्तिक २०८३, बिहीबार
आपसी सम्बन्धका लागि दशगजामा काम रोकियो
नेपाल भारत सम्बन्ध थप बिस्तार भइरहेको बेलामा सिमा स्थित रहेको एक साता आगाडी नेपाल प्रहरी र शसस्त्र प्रहरीले दशगजामा अस्थायी रुपमा बनाएको चौकीलाई निरन्तता दिन चौकी निर्माण गर्ने उद्देश्यले ट्रेक्टरबाट माटो खसाल्दा आपसी सम्बन्धमा असर पर्ने स्थिती आए पछि काम रोकीएको छ ।
नेपाल भारत सिमानाकामा रहेको दशगजा क्षेत्रमा यस्तो कार्य दुबै देशको सहमतिमा दशगजामा निर्माण गर्न नपाईने हो । सोनौलीमा रहेको भारतको एसएसबीले जानकारी लिन खोज्दा निर्माण कार्य रोकिएको हो । यो बिषयमा भारतका तर्फबाट अहिले सम्म नेपाललाई अधिकारिक निकायमा लिखित कुनै गुनासो नगरेको बताइएको छ ।
यस बारेमा भारत तर्फबाट एसडीमले नौतनवा सीमा छेत्रको भ्रमण गरेर स्थितिलाई हेरेका थिए । घटना स्थलमा कुनै प्रकारको निर्माण कार्य नभएको जानकारी दिएको एक भारतीय संचारले जनाएको छ ।
Subscribe
Login
0 Comments


