७ कार्तिक २०८१, बुधबार

कर्णाली प्रदेशको दैलेखमा सबै भन्दा कोरोना संक्रमित

एसीपी संवाददाता

२४ जेष्ठ २०७७, शनिबार १३:३२ मा प्रकाशित

कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमणका थप संक्रमितको संख्या ह्वात्तै बढेको छ । शनिबार मात्रै प्रदेशमा कोरोनाका ९८ जना बिरामी थपिएका छन् । योसँगै प्रदेशभर संक्रमितको संख्या ५ सय ८९ पुगेको श्रोतले जनाएको छ । शनिबार थपिएकामध्ये दैलेखका धेरै छन् । दैलेखमा आज मात्रै ४६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । त्यस्तै सल्यानमा ३८ जना थप संक्रमित शनिबार भेटिएका छन् । त्यसैगरी सुर्खेतका ९ जनामा पनि कोरोना संक्रमण भेटिएको छ र जाजरकोटका ४ डोल्पाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x