१२ कार्तिक २०८३, बुधबार

अफगानी महिलाको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

एसीपी संवाददाता

३० श्रावण २०७९, सोमबार २०:४८ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा अफगानी महिलाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर गरिएको छ ।

तालिबान सत्ताको विरोधमा शनिबार अफगानी महिलाहरूले गरेको प्रदर्शनमा हवाइफायर भएको हो ।

‘खाना, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारीमाथि तालिवान लडाकुले हवाइ फायर गरेका हुन् ।

प्रदशर्नकारी महिलालाई तालिबान लडाकुले कुटपिटसमेत गरेका भिडियो सामाजिक सञ्जालमा देखिएको छ । तालिबानले सत्ता कब्जामा लिएको एक वर्ष पुग्नै लाग्दा महिलाले प्रदर्शन गरेका हुन् ।

तालिबानले १५ अगस्टमा अफगानी सत्ता कब्जा गरेका थिए । त्यसयता तालिवानले महिलाको हक अधिकारमा कटौती गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x