१३ जेष्ठ २०८३, बुधबार

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा तीन लाखकाे मालसामान नियन्त्रणमा

एसीपी संवाददाता

३० जेष्ठ २०७७, शुक्रबार ०३:२४ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी जेठ ३० लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको बैदोली ,धरमौली लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नेपालबाट भारत तर्फ भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि मल ,केरा बालिमा छर्ने बिशादी अौषधी ,रक्सी ,लत्ताकपडा लगायत करिब तीन लाख पचिस हजार बराबरको मालसामान दशगजाको छेउबाट नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । तस्करहरूले तस्करी गराउनको लागि बालबालिका , महिला समेत प्रयोग गरिरहेका छन् । सशस्त्र प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका छन । सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो । नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको प्रहरी निरिक्षक अधिकारीले बताउनु भयाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x