मदरसा र गाऊँपालिका बीच असहमति, मदरसाको रकम फ्रिज ।
डुडुवा गा.पा.वा.नं.३ हलबलडोली स्थित मदरसा दारुल उलूम इब्राहीमिया गुलशने खलील मा रहेका बिद्यार्थीहरुको बस्ने ब्यवस्था, खाने पानी, सरसफाई जस्ता कुराहरुलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले अनुदान दिएको छ ।

मदरसामा २६६ बिद्यार्थी र कक्षा कोठा ३ वटा भएको कारण बिद्यार्थीहरुलाई बस्न र पढन समस्या भईरहेको बेला प्रदेश नं.५ को प्रदेश सरकारले वाल बाउण्ड्री, भान्षा घर, ब्रण्डा बनाउन र धारा जडानको लागि २ लाख २० हजार अनुदान दिएको र हाल निर्माण कार्य जारी रहेको उक्त मदरसा ब्यवस्थापन समितिको अध्यक्ष मो.शगीर खाँले जनाएका छन ।

अध्यक्ष खाँले आफू पदीय जिम्मेवारी वहन गरे पश्चात मदरसालाई अझ प्रभावकारी बनाउन चाहिने सहयोगका लागी वडा देखि गाऊँ पालिका सम्म धाउंदा पनि न त वडाले, न गाउँपालिकाले नै सहयोग गरेको कुरामा दुःख ब्यक्त गर्दै, अनुदानबाट पाएको एक जना शिक्षक राख्ने खर्चमा ४ जना शिक्षकहरुलाई राखि मदरसालाई निरन्तरता दिएको बताउनु भएको । डुडुवा ३ का वडा अध्यक्ष भण्डारीलाल यादव यस ब्यवस्थापन समितिका सदस्य भएपनि हाल सम्म वडाबाट मदरसाका लागि केही पनि सहयोग भएको छैन । बिगत बर्षमा यस्तो घाममा टीनको छानो मुनी बसी पढने बालबालिकाले मलाई घेरा हाली तपाई जसरी पनि पंखाको ब्यवस्था गर्नु भनि दबाव दिएपछि म सबै (गाऊँ पालिका, वडा कार्यालय लगायत) संग सहयोगको लागि गुहार माँग्दा कसैले पनि सहयोग नगरेपछि आफै जसो तसो केही पंखाहरुको ब्यवस्था गरेको र हाल सम्म पनि स्थानिय सरकारले सहयोग नगरेको दुःख ब्यक्त गर्नु भएको छ ।

यसै गरि संसदीय कोषबाट यस मदरसा र यस गाऊँ पालिकाको बिभिन्न ठाऊँका लागी आएको रकम गाऊँपालिकाको लापरवाही र आफ्नो अनुरुप समिति गठन गर्न नपाएकोले , समयमा रकम निकासा नभई रकम फ्रिज भएको र हाल पनि लाखौं रुपैयाँ फ्रिज हुने अवस्थामा रहेको कुरामा जोड दिनु भएको छ, यसै सन्दर्भमा डुडुवा गाऊँपलिका अध्यक्ष नरेन्द्र चौधरीले प्रक्रिया पु¥याई नियम अनुसार समितिहरु न आएको कारण समयमा रकम निकास नभएको र रकम फ्रिज भएको कुरा बताउनु भएको हो ।



