१२ कार्तिक २०८३, बुधबार

ताकिवानको आतंकको बार्सिक उत्सव ; तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ

एसीपी संवाददाता

१७ भाद्र २०७९, शुक्रबार ०८:३९ मा प्रकाशित

अफगानिस्तानबाट विदेशी सेना हटाएको तथा सत्ता कब्जा गरेको एक वर्षको अवसरमा तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ मनाएको छ । २० वर्षसम्म तैनाथ रहेको अमेरिकी सेनालाई गत वर्ष यसै समयमा हटाएसँगै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो ।

सोही अवसरमा मंगलबार तालिबान सरकारले धुमधाम साथ वार्षिकोत्सव मनाएको हो । यस अवसरमा तालिबानी सेना तथा सुरक्षाकर्मीहरूले विदेशी सेनाले छाडेका उपकरण प्रदर्शन गर्दै सैन्य परेड गरेका छन् । यसैबीच तालिबानले आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय रुपमा वैधताका लागि पनि अपिल गरेको छ ।

मंगलबार र बुधबार सार्वजनिक विदा घोषणा गर्नुका साथै राजधानी काबुलमा मंगलबार राति आतिसवाजी गरिएको थियो । राजधानी काबुलमा तालिबान फौजले परेड खेल्दै शक्ति प्रदर्शन गरेको थियो ।

२०२१ को अगस्ट ३० मा तालिबानले अफगानिस्तानको सत्ता पूर्ण रुपमा कब्जामा लिएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै विगत २० वर्षको अनुभवले अफगानिस्तानका जनतामाथि कुनै पनि प्रकारको दबाब र धम्की असफल भएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x