१२ कार्तिक २०८३, बुधबार

सोमालियामा अल-शबाब समूहद्वारा कम्तीमा २० जनाको हत्या

एसीपी संवाददाता

२० भाद्र २०७९, सोमबार ०८:५४ मा प्रकाशित

सान्केतिक तस्बिर ( फाईल )

मोगादिशु : सोमालियाको चरमपन्थी समूह अल-शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन्।

 

 

सरकारी सञ्चार माध्यम र स्थानीय बासिन्दाले चरमपन्थी समूह अल-शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन्।

अल-कायदासम्बद्ध समूहविरुद्ध स्थानीय एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन्।

स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था (एपी)लाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, ‘बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो।

सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल-शबाबले राखेको बारूदी सुरूङ नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x