१२ कार्तिक २०८३, बुधबार

भारतबाट पाइपलाइन सञ्चालनमाआउँदा नेपाललाई ६ अर्बको बचत

एसीपी संवाददाता

२६ भाद्र २०७९, आईतवार ११:४७ मा प्रकाशित

बारा– पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगंज सञ्चालनमा आएको तीन वर्षमा नेपाल आयल निगमले पाँच अर्ब रुपैयाँ बचत गरेको छ ।

पाइपलाइन सञ्चालनमा आएको तीन वर्ष पूरा भएको अवसरमा बाराको अमलेखगंजस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन अत्यन्तै सफल भएको जानकारी दिइएको हो ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको थियो ।

पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजित कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सोचे अनुसार नै पाइपलाइन सफल देखिएको बताए ।

अहिले पाइप लाइनबाट डिजेल आयात भइरहेको जानकारी दिँदै उनले २०२४ जनवरीदेखि पेट्रोल र मट्टितेल समेत पाइप लाइनबाटै आयात गर्ने बताए ।

पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढेको पनि उनले जानकारी दिए ।

ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने प्रादेशिक कार्यालय अम्लेखगंजले जनाएको छ ।

पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलो लिटर डिजल आयात भएको छ ।पाइप लाइनबाट वार्षिक २५ लाख किलो लिटर इन्धन आयात गर्ने क्षमता छ । हाल सञ्चालनमा रहेको ६९.२ किलोमिटरको पाइप लाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x