१२ कार्तिक २०८३, बुधबार

भारतको उत्तर प्रदेशमा बन्यो मुख्यमन्त्री आदित्यनाथको मन्दिर

एसीपी संवाददाता

५ आश्विन २०७९, बुधबार २०:१० मा प्रकाशित

काठमाडौं । भारत उत्तर प्रदेशको राम जन्मभूमि मानिएको अयोध्या नजिकैको एउटा गाउँमा मुख्यमन्त्री योगी आदित्यनाथको मन्दिर निर्माण गरिएको छ ।

अयोध्याबाट १५ किलोमिटर दूरीमा रहेको मौर्याको पूरवा गाउँमा बनाइएको मन्दिरमा मुख्यमन्त्री आदित्यनाथकै प्रतिमा राखेर दैनिक पूजा आरधना गर्न थालिएको हो । मन्दिरमा काँधमा धनुषा बोकेको आदित्यनाथकै प्रतिमा राखिएङ्को छ ।  यो मन्दिर उनकै एक समर्थक प्रभाकर मौर्यले बनाएका हुन् । ती युवकले मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याको विकास गरेको भन्दै उनको मन्दिर बनाएका हुन् । मन्दिरको नाम श्री योगी मन्दिर राखिएको छ ।  प्रभाकरले भने, ‘मैंले संकल्प गरेको थिएँ कि जसले अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माण गर्नेछ, उसको मन्दिर मेरो गाउँमा बनाउने छु ।’  प्रभाकरले भने, ‘मैंले संकल्प गरेको थिएँ कि जसले अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माण गर्नेछ, उसको मन्दिर मेरो गाउँमा बनाउने छु ।’  भारतको गोरखपुरमा रहेको गोरखपुर मठका पूजारी आदित्यनाथले भारतीय जनता पार्टीबाट सन् २०१७ को विधानसभा चुनाव जितेका थिए । त्यसपछि उनी उत्तर प्रदेशको मुख्यमन्त्री बनेका हुन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x