१२ कार्तिक २०८३, बुधबार

भारत र अमेरिकाले मिलेर ड्रोन तयार गर्दै , चीनका छिमेकी देशलाई भारतले ड्रोन निर्यात

एसीपी संवाददाता

७ आश्विन २०७९, शुक्रबार १५:५० मा प्रकाशित

चीनको एकपक्षीय षड्यन्त्रको सामना गर्न भारत र अमेरिका मिलेर आगाडि बढने सहमत भएका छ्न ।  ड्र्यागनको कडा प्रतिरोध गर्ने उद्देश्यले भारत र अमेरिकाले मिलेर ड्रोन बनाउने अर्थात् दुवै देशले मिलेर ड्रोन बनाउने निर्णय गरेका छन् । पेन्टागनका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन ।  अमेरिका र भारत मिलेर ड्रोन विकास गर्न लागेको जानकारी दिए ।  किनभने वासिङ्टन र भारत चीनलाई कडा प्रतिस्पर्धा गर्न  एकअर्कासँग घनिष्ठ सम्बन्ध बनाएको हो ।   यो पनि समाचार –   रुसी तेल खरिद गर्ने भारतसहितका मुलुकको आफ्नो निर्णय हो : अमेरिका

ती अधिकारीले भारतले यी ड्रोनहरू निर्माण गरी चीन नजिकका स्थानमा तयार गर्ने बताएको छ ।  यो सङै भारतले अन्य देशहरूमा निर्यात गर्ने बताएको छ ।  भारतले आफ्नो हतियारमा विविधता ल्याउन चाहेको बताए । किनभने अहिले अधिकांश हतियार रुसी निर्मित छन् । भारतले पनि आफ्नो रक्षा उद्योगलाई तीव्र गतिमा विकास गर्न चाहन्छ । इन्डो-प्यासिफिक सुरक्षा मामिलाका सहायक रक्षा सचिव एली रेटनरले भने, “हामी भारतलाई दुवै मोर्चामा समर्थन गर्न चाहन्छौं र त्यसो गरिरहेका छौं। भारतसँग मिलेर काम गर्ने हो । यसबाट एकैसाथ उत्पादन र विकास बढाउने क्षमता बढ्नेछ, जसले भारतलाई आफ्नो रक्षा आधुनिकीकरण लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।

रेटनरले भने, “यस पहलको मद्दतले भारतले दक्षिण र दक्षिणपूर्व एसिया लगायतका क्षेत्रका आफ्ना साझेदारहरूलाई कम लागतमा निर्यात गर्न सक्नेछ।” रत्नरले हवाईजहाज र एन्टी-ड्रोन प्रतिरक्षा प्रणालीबाट प्रक्षेपण गरिएका ड्रोनहरू विकास गर्ने सम्भावना रहेको बताए।  “हामी भारत सरकारका हाम्रा समकक्षीहरूसँग वार्तामा छौं। यस सम्बन्धमा धेरै महत्त्वपूर्ण घोषणाहरू हुने अपेक्षा गरिएको छ। तर, प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मित्रताले आक्रामक चीनलाई पाठ सिकाउन दुवै देशलाई एक ठाउँमा आउने बाटो खोलेका हुन । 

मित्रताले दुवै देशलाई एकै ठाउँमा ल्याएको छ ।

यसअघि बुधबार विदेशमन्त्री एस. जयशंकरले एकअर्काको हितअनुसार काम गर्ने बाटो खोज्नु भारत र चीनको आपसी हितमा रहेको भन्दै त्यसो गर्न नसके एसियाको उदयमा असर पर्ने बताएका थिए । जयशंकरले भने, ‘हाम्रो समयमा हामीले संसारमा सबैभन्दा ठूलो परिवर्तन देख्यौं र त्यो चीनको उदय हो।’ यसको वृद्धि दर, जो शानदार छ। एकै समयमा तिब्र गतिमा अगाडि बढेको चीन छ ।’ उनले भने, ‘दुई उदीयमान शक्तिले एकअर्काको हितमा गतिशिल अवस्थामा काम गर्ने बाटो कसरी खोज्ने भन्ने विषय हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x