१२ कार्तिक २०८३, बुधबार

चिनियाँ हतियार दिएर तेहरानमा आतंकवादलाई प्रोत्साहन

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार १४:१० मा प्रकाशित

बेइजिङ । इरानमा चिनियाँ हतियारको आपूर्ती गरेर तेहरानमा आतंकवादलाई चीनले प्रोत्साहन गरेका छन् ।
बेइजिङले आफ्नो प्रविधि इरानी प्रोक्सी मिलिशियाहरूको हातमा जानबाट रोक्न केही गरिरहेको छैन। यसकारण पनि इरानलाई चीनको हतियार आपूर्तिले तेहरानको आ तंकलाई प्रोत्साहन दिन्छ भेर विज्ञरुले बताएका छन् ।

अगस्ट ४ मा अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले सिनेटको विदेश सम्बन्ध समितिलाई चीनले हालैका वर्षहरूमा इरानी प्रोक्सी मिलिशियाहरूले प्रयोग गर्ने मानवरहित हवाई सवारी आपूर्ति गरेको जानकारी गराएकी थिइन, यस विषयमा अल अरबीयाले ससमाचार प्रकाशन गरेको छ ।

चीनको द्यभष्म्यग सैन्य(ग्रेड प्रसारण इरान र पाकिस्तानलाई मात्र दिइएको थियो। अक्टोबर २०१५ मा, इरान इलेक्ट्रोनिक्स इंडस्ट्रीज नामक रक्षा मन्त्रालयको सरकारी स्वामित्वको कम्पनीले बेइडाउमा चीनसँग एउटा सम्झौतामा हस्ताक्षर गरेके तथ्य अल अरेबिया पोस्टले प्रकाशन गरेको छ ।

चीन र इरानले बिस्तारै आफ्नो सम्बन्ध जोड्दै छन्। अप्रिल २८ मा चिनियाँ रक्षामन्त्री वेई फेङ्गेले राष्ट्रपति इब्राहिम रायसीलगायत वरिष्ठ इरानी अधिकारीहरूसँग वार्ता गर्न तेहरान गएका थिए।

गत वर्ष मार्चमा चीन र इरानले आर्थिक र राजनीतिक सम्बन्धलाई सुदृढ पार्न २५ वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। द्विपक्षीय आर्थिक, सैन्य र सुरक्षा सहयोग विस्तारका लागि सम्झौताका सर्तहरूमा करिब ४०० अर्ब अमेरिकी डलर लगानी हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x