१ श्रावण २०८३, शुक्रबार

चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार १४:०० मा प्रकाशित

चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
फाइल तस्बिर
फाइल तस्बिर

मंगलवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटघाट भएको छ । मंगलबार बिहान खनाल निवास डल्लुमा दुई जनाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

फाइल तस्बिर

पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवादकाबीच नेकपाका नेताहरुसँगको उनको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको स्रोतको दावी छ । यसरी राजदूत यान्छीको भेटघाट बढ्नुले नेकपाभित्रको आन्तरिक मामिलामा चीनको चासो रहेको भन्ने बुझिन्छ ।

त्यस्तै, राजदूत यान्छीले हिजो (सोमबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता गरेका थिए ।

फाइल तस्बिर

राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो ।

यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x