कञ्चनपुर २ मा सुरू भयाे एनपी साउदकाे घरदैलाे, सबै मतदाता भेट्ने, यस्ता छन् दुरगामी एजेण्डा
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री एनपी साउदले घरदैलाे अभियान सुरू गरेका छन् ।
आइतबार कञ्चनपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेता साउदले मौसम प्रतिकुलताका बीच कार्यकर्ता र क्षेत्रका आम मतदातासँग भेटघाट बढाएका हुन् ।
मतदातासँग भेटघाट गरेर क्षेत्रमा भएका समस्या समाधानका लागि सुझाव लिने र आफूले विगतकाे कार्यकालमा गरेका काम तथा प्रयासबारे जानकारी दिइरहेका छन् ।
साउदकाे सचिवालयकाअनुसार उनले यसपालि क्षेत्र नम्बर २ समग्र विकास, आरक्ष पीडितकाे समस्या समाधान, सिँचाइ समस्या हल गर्ने, राेजगारीका अवसरहरू सिर्जना गर्ने, स्वास्थ्य शिक्षा र यातायातलाई सर्वसुलभ र गुणस्तरीय विकास गर्ने, चुरे संरक्षण, नदी कटान नियन्त्रण, पर्याप्त तटबन्ध, यस क्षेत्रमा समस्यामा रहेकाे पशुचौपाया व्यवस्थित गर्ने याेजनाबद्व तयारीका साथ चुनावी मैदानमा छन् ।
यी एजेण्डा कार्यान्वयन गर्ने दृढ इच्छाशक्तिका साथ साउदले मतदाता भेट्ने र रायसुझाव मागिरहेका छन् । नयाँ संविधान निर्माण र स्थिरताकाे आगामी कार्यकालमा उल्लेख्य कार्य गर्ने साउदकाे चाहना छ ।
यसअघि अस्थिरताकाे प्रतिकुल अवस्थामा समेत साउदले सांसद र मन्त्री भएर सुखद सुरूवात गरेकाे क्षेत्र नम्वर २ का मतदाता सम्झिन्छन् । उनकाे पालामा पुलपुलेसा र बाटाे निर्माणले गति लिएकाे थियाे । त्यस अझै व्यापक बनाएर लाने साउदकाे याेजना छ ।



