१५ बैशाख २०८३, मंगलवार

लोसपाका उम्मेदवार नारायणप्रसाद कांग्रेसमा प्रवेश, काङ्ग्रेस नेतृ कोईरालाको जित निश्चित

एसीपी संवाददाता

५ कार्तिक २०७९, शनिबार १०:०८ मा प्रकाशित

मोरङ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट मोरङ क्षेत्र नं २ का उम्मेदवार नारायणप्रसाद सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ तथा सोही क्षेत्रकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै सिंह कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीसँगै लोसपाका प्रखर वक्ता तथा केन्द्रीय सदस्य अमरेन्द्रकुमार साहको अगुवाईमा ३५० भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । योसँगै नेतृ कोइरालाले कांग्रेसमा प्रवेश गरेका सबैलाई पार्टीमा स्वागत गर्दै हामी एकजुट भएर मोरङ क्षेत्र नं २ को मुहार फेर्न र विकासको मूल फुटाउन लागि पर्ने बताएकी छिन् ।

उनले यो समर्थन, साथ र मायाको लागि हृदयदेखि नै नमन गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x