३ असार २०८३, बुधबार

पिकनिक खान गएका दुई जना भेरी नदीमा बेपत्ता

एसीपी संवाददाता

१२ कार्तिक २०७९, शनिबार १७:२४ मा प्रकाशित

वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले बताए । उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको उनले बताए । उनका अनुसार उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए । कार्कीले उनीहरूको खोजी कार्यका लागि प्रहरी खटिएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको बताए । रातोपाटि

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x