५ बैशाख २०८३, शनिबार

सरकार गठनका लागि बालुवाटारमा देउवा र दाहालबीच छलफल

एसीपी संवाददाता

९ पुष २०७९, शनिबार ०८:१६ मा प्रकाशित

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे छलफल सुरु भएको हो ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको छ । दुई जनाबीच छलफल सकिएपछि उक्त छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुनुहुने छ ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहनु भएको छ । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

यसअघि बिहीबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुंगिएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राखेपछि छलफल निष्कर्षमा नपुगेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दलहरूलाई दिनुभएको छ ।ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x