१२ बैशाख २०८३, शनिबार

भारतमा एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

एसीपी संवाददाता

१२ पुष २०७९, मंगलवार ११:१३ मा प्रकाशित

एजेन्सी । भारतको केन्द्र सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसएस) अन्तर्गत आउँदो वर्ष ८१.३ करोड जनतालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतीय खाद्य मन्त्री पियुष गोयलले शुक्रबार उक्त निर्णयको जानकारी दिएका हुन् । वर्षभरि निःशुल्क राशन दिइने बताइएको छ ।
अहिले यो ऐनअनुसार प्रतिव्यक्ति पाँच किलो खाद्यान्न प्रतिकिलो दुईदेखि तीन रुपैयाँमा उपलब्ध गराइन्छ । अन्त्योदय अन्न योजना अन्तर्गत आउने परिवारले ३५ किलो खाद्यान्न पाउनेछन् ।
उनले राष्ट्रिय खाद्य सुरक्षा ऐन अन्तर्गत गरिबहरूलाई निःशुल्क राशन दिन लगभग दुई लाख करोड रुपैयाँ खर्च हुने बताए । यो खर्चको भार केन्द्र सरकारले बेहोर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x