११ कार्तिक २०८३, मंगलवार

जेरुसेलमको एक प्रार्थनासभामा आक्रमण, सात जना मारिए

एसीपी संवाददाता

१५ माघ २०७९, आईतवार ०९:५२ मा प्रकाशित

पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेला भएका श्रद्धालुमाथि बन्दुकधारी एक जना प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन्। नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ।  उसले यो आक्रमणलाई आतङ्कवादी हमला भनेको छ।

Afb / file pic

इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा ठूलो भएको बताएका छन्। हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको छ। इजरायली सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेर मारेका छन्। प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन। उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली साटासाट गरेको थियो।  पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको भोली आइतबार हुने भ्रमणको पूर्वसन्ध्यामा भएको यो घातक हमलाले पश्चिम एशियाको सुरक्षामा संशय थपेको छ। अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्धको हमला भनेको छ। साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर इजरायलका पक्षमा अमेरिका रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x