२४ आश्विन २०८३, शनिबार

स्व. श्याम थापा स्मृति फुटबल सुरु, उद्घाटन खेलमा शान्ति स्पोर्टस क्लब विजयी

एसीपी संवाददाता

२१ माघ २०७९, शनिबार १९:५७ मा प्रकाशित

नेपालगन्ज, २१ माघ
शान्ति स्पोर्टस क्लबले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता–२०७९ को उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ ।
आयोजक जय किसान स्पोर्टस क्लब खजुरा–१ सैनिकको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार शान्ति स्पोर्टस क्लबले युवा संजाल पुल्चोकलाई ४–२ ले पराजित गरेको छ ।
मैटहवा माविको खेल मैदानमा सुरुआतमा युवा संजालले २–० को अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन भने सकेन । युवा संजालका बिनोद बुढाथोकीले १२औं मिनेटमा प्रतियोगिताको पहिलो गोल गरेका थिए । 
त्यसपछि युवा संजालकै शंकर परियारले फ्रि–किक अवसरलाई सदुपयोग गर्दै १६औं मिनेटमा गोल गरेर टिमको अग्रतालाई दोब्बर बनाएका थिए । यता शान्ति स्पोर्टस क्लबका लागि रोशन लिम्बुले पेनाल्टी अवसरमा २१औं मिनेटमा आफनो टिमका लागि पहिलो गोल गरे । त्यसपछि संजय थापाले ३४औं मिनेट र दोस्रो हाफको ४४औं मिनेटमा गरेर व्यक्तिगत दुई गोल गरे । शान्ति स्पोर्टस क्लबका राजु गुरुङले ३८औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत आईतबार दुइ खेल हुनेछन् । आइतबारको पहिलो खेलमा जेकेएससी (बी) सैनिक र वाग्मती स्पोर्टस क्लब तथा दोस्रो खेलमा सन्तकुटी स्पोर्टस क्लब र खजुरा युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ ।
शनिबार एक समारोहका बिच संघीय सांसद एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरे ।
आयोजक जय किसान स्पोर्टस क्लबका अध्यक्ष दिपु रानाको भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओली, प्रतियोगिताको मुख्य प्रायोजक बाँके बर्दिया मैत्री समाज जापानका लिल बहादुर मल्ल, सागर पाण्डे, प्रतियोगिताको सह–प्रायोजक अंकित थापाका बुबा चन्द्र बहादुर थापा, उपेन्द्र क्षेत्री एशोसियटका प्रमुख चार्टड एकाउन्टेन्ट उपेन्द्र बुढाक्षेत्री, खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री, द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँके अध्यक्ष एवम खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक लगायतको उपस्थिती रहेको थियो ।
बाँकेका चर्चित खेलाडी स्व. श्याम थापाको स्मृतिमा आयोजना गरिने गरेको प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समुह (ए) मा युवा संजाल पुल्चोक, शान्ति स्पोर्टस क्लब, सन्तकुटी स्पोर्टस क्लब, खजुरा युनाइटेड क्लब, मोडेल क्लब, एफसी–११ बर्दिया, आयोजक जेकेएससी (ए) सैनिक रहेका छन् । यसैगरी समुह (बी) मा जेकेएससी(बी) सैनिक, बाग्मती स्पोर्टस क्लब, न्यु डाँफे क्लब, रारा जनचेतना युवा क्लब, एसएसएफए दाङ र सहारा क्लब इन्डिया रहेका छन् ।
माघ २९ गते हुने फाइनल खेलको १ लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x