नेपालको मनाङ र मुस्ताङ जिल्ला गुम्ने खतरामा , उत्तरी सिमानाका बारे मौन कम्युनिस्ट नेता
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालको उत्तरी सीमा क्षेत्र अत्यन्त संवेदनशील भू-राजनीतिक क्षेत्र रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रसाईंले नेपालले आफ्नो भूमिलाई तिब्बत मामिला उचाल्ने वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्व,’न्द्वको थलो बन्न दिन नहुने बताएका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको मुस्ताङ भ्रमणलाई पनि यही संवेदनशील भू-राजनीतिक परिवेशसँग जोड्दै, पश्चिमी शक्तिहरूले उक्त भ्रमणलाई आन्तरिक तथा बाह्य सन्देश प्रवाहका लागि प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।
उनले लेखेका छन्,’ ऐतिहासिक बेत्रावती सन्धि (१७९२) देखि सीमा क्षेत्रको २० किमी निशस्त्रीकरण (Demilitarized Zone) को अवधारणा, थापाथली सन्धि (१८५६), पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको २०१९ को पारवहन प्रोटोकल सम्झौता र केपी शर्मा ओलीका पालाका ग्लोबल सेक्युरिटी इनिसिएटिभ (GSI) सम्बन्धी घ’टनाक्रमसम्म आइपुग्दा, नेपालको उत्तरी सीमा सधैं अत्यन्तै संवेदनशील भू-राजनीतिक विन्दु रहँदै आएको छ।
आज विश्व राजनीतिमा ‘प्याक्स सिलिका’ (Pax Silica), क्रिटिकल मिनरल्स र मुस्ताङमा युरेनियम उत्खननका अफवाह तथा रणनीतिक चासोहरू पुनः सतहमा आएका छन्। केनेथ कन्बोय (Kenneth Conboy) र जेम्स मोरिसन (James Morrison) को चर्चित पुस्तक ‘The CIA’s Secret War in Tibet’ मा उल्लेख भएझैं, विगतमा मुस्ताङको भौगोलिक विकटता र मुस्ताङका राजा को स्थानीय सहजीकरणको आडमा अमेरिकी गुप्तचर संस्था CIA ले खम्पा वि’द्रोहीहरूलाई प्रयोग गरी तिब्बत लक्षित गुप्त सैन्य मिसन सञ्चालन गरेको इतिहास हामीसामु जीवन्त छ।
यसैबीच, अमेरिकी दूतावासले अमेरिकी राजदूतको कोष (AFCP) मार्फत लो घेकर (घर गुम्बा) र जोङ गुम्बा जस्ता प्राचीन गुम्बाहरूको जीर्णोद्धार र मुस्ताङको सांस्कृतिक परम्परा संरक्षणमा देखाएको उच्च चासोलाई पनि गम्भीर रूपमा विश्लेषण गर्नुपर्छ। चीनको संवेदनशील सीमा नजिकै ‘सफ्ट पावर’ र सांस्कृतिक कूटनीतिमार्फत आफ्नो रणनीतिक उपस्थिति जनाउने, हिमाली बौद्ध पहिचानलाई प्रवर्द्धन गर्ने र निर्वासित तिब्बती समुदायको सांस्कृतिक मनोबल उच्च राख्ने रणनीति अन्तर्राष्ट्रिय शक्तिहरूले अपनाइरहेका छन्। यस्तै ज’टिल पृष्ठभूमिमा, प्रधानमन्त्री बालेन शाहको हालैको मुस्ताङ भ्रमण र उहाँको उपस्थितिलाई पश्चिमा शक्तिहरूले आन्तरिक तथा बाह्य सन्देश दिन प्रयोग गर्न खोजेको छ। शक्ति राष्ट्रहरूले लोकप्रिय नेपाली नेतृत्वको प्रचार र छवि प्रयोग गरेर हिमाली सीमा क्षेत्रमा आफ्नो पहुँच र एजेन्डालाई अगाडि बढाउने रणनीतिक दाउपेच रचिरहेका त छैनन्?
मेरो आग्रह छ ,नेपाल आफ्नो भूमिलाई प्रयोग गरेर तिब्बत मामिला जिस्क्याउने वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्व’न्द्वको क्रिडास्थल बनाउने अवस्थामा बिल्कुलै छैन। के बालेन शाहलाई आफू र आफ्नो लोकप्रियता यस भू-राजनीतिक खेलमा कतै दु’रुपयोग भइरहेको छ भन्ने पत्तो छ? वा उहाँ यो रणनीतिक घे’राब’न्दीबारे जानकार हुनुहुन्छ? नेपाल सरकारको यस्तो हर्कत नरोकिए हिमाल पारिका दुइ जिल्ला मनाङ्ग र मुस्ताङ्ग जुनसुकै बेला गु’म्न सक्छन र यसको जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ।बालेन सरकार र राज्य संयन्त्रलाई यस मुद्दालाई केवल आन्तरिक भ्रमण वा विकासको दृष्टिले मात्र नभई, असंलग्न परराष्ट्र नीति र गम्भीर कूटनीतिक कोणबाट हेर्न र सम्बोधन गर्न कडा चेतावनी सहित हार्दिक अनुरोध गर्दछु !भुटानखबर


