चीनका करिब २३० एप एकैसाथ प्रतिबन्ध , जुवा खेलाउने ठग्ने एप बन्द
भारत सरकारले चिनियाँ एप माथि प्रतिबन्ध लगाएको छ ।भारतीय सरकारले चीनका करिब २३० एप एकैसाथ प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुक भारतले आखिर किन लगायो प्रतिबन्ध कारण ?
नयाँ दिल्ली। चिनियाँ एप प्रतिबन्धः चीनले भारतलाई कमजोर बनाउन कुनै कसर छोडेन । भारतमा चिनले अवैध ऋण एप र जुवाको कारोबार चलिरहेको थियो, जसलाई लिएर भारत सरकारले डिजिटल स्ट्राइक गरेको छ । मोदी सरकारले करिब २३० चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ । यसमा १ सय ३८ एप जुवा, तास लिङ्कहरू छन्। जबकि ९४ ऋण एपहरू समावेश छन्। यी सबै चिनियाँ एप र लिङ्कहरू तत्काल प्रभावबाट बन्द गर्न निर्देशन दिइएको छ।
भारतको गृह मन्त्रालयको तर्फबाट इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (MeitY) लाई चिनियाँ एप्समा प्रतिबन्ध लगाउन सुझाव दिइएको थियो। जसलाई गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ ।
रिपोर्टका अनुसार सरकारले करिब ६ महिनाअघि २८८ चिनियाँ एपमाथि अनुसन्धान गरेको थियो । यी एप्सले भारतीय नागरिकको व्यक्तिगत डाटा चोरी गरिरहेको पाइएको छ । यसपछि सरकारले भारतको सार्वभौमसत्ता र अखण्डतामा हानि पु¥याउने IT ऐनको धारा ६९ अन्तर्गत चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।
चीनले चिनियाँ एप्समार्फत भारतीयहरूलाई ऋणको जालमा फसाउने गरेको थियो। चिनियाँ एपहरूले भारतीयहरूलाई सस्तो ऋण उपलब्ध गराउँदै आएका छन्। उनीहरुले ऋण असुलीको नाममा जबरजस्ती असुली गर्ने गरेका छन् । रिपोर्टका अनुसार यी एप्स चिनियाँ नागरिकको दिमागको उपज हो, जसले भारतीयहरूलाई काममा राखे र उनीहरूलाई यी एपहरू चलाउने जिम्मेवारी दिएको हो । रिपोर्टका अनुसार चिनियाँ एप्सले समस्यामा परेका मानिसहरूलाई लोन लिन प्रलोभनमा राखेर वार्षिक ३ हजार प्रतिशतसम्म ब्याज लिने गरेको थियो ।
यो मामिला यस्तो बेला बाहिर आएको हो जब आन्ध्र प्रदेश र तेलंगानामा धेरैले ऋण असुलीका कारण आत्महत्या गरेका थिए । यी सबै मृतकले बेटिंग एप्सबाट ऋण लिएका थिए।


