११ कार्तिक २०८३, मंगलवार

चिनियाँ एप टिकटकले गर्छ जासुसी भन्दै बेलायतमा प्रतिबन्धित

एसीपी संवाददाता

११ चैत्र २०७९, शनिबार १९:१६ मा प्रकाशित

बेलायतको संसद्ले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसद्को वाईफाइ नेटवर्कबाट यसको प्रयोग गर्न पाइने छैन । एक प्रवक्ताले बेलायत सरकारले सुरक्षा समीक्षा पछि निर्णय गरेको जानकारी दिएका छन् ।  मन्त्रीहरूले आफ्नो फोनमा यो एप प्रयोग गर्न नसक्ने उनले बताएका छन् ।

टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोप खण्डन गरेको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा संसद्को यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ । यो प्रतिबन्ध लगत्तै संसद्मा आउने सबै सांसद तथा अतिथिहरूले संसद्को वाई फाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् । यद्यपि, उनीहरूले आफ्नो मोबाइल डाटा चलाएर भने  आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x