भुमि फिर्ता गर भन्दै युवाहरु सडकमा

चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउँने पहल गर्न माग गर्दै रुपन्देहीको भैरहवामा प्रर्दशन भएको छ । हुम्ला अतिक्रमण जग्गालाई लिएर रुपन्देहीको भैरहवामा प्रर्दशन भएको हो । केही नेपाली भुभाग चिनले अतिक्रमण गरेको समाचार आए संगै लुम्बिनी नागरिक समाज रुपन्देहीले आज विरुद्ध प्रर्दशन गरेको हो । नेपालमा चिनियाँ दादागिरि बन्द गर,नेपाली भुमि फिर्ता गर जस्ता प्लेकार्ड सहित युवाहरु सडकमा उत्रिएका थिए ।
अतिक्रमणमा परेको भूभागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि पहल गर्न सरकारलाई युवा अगुवा प्रशान्त गुप्ताले अपिल गर्नुभएको छ । पछिल्लो समय सीमा स्तम्भ पनि हराउन थालेको दावि गर्दै गुप्ताले यसरी जग्गा अतिक्रम गर्दा सरकार चुप लागेर बसेको आरोप उहाँले लगाउनुभयो । राष्ट्रियता प्रति सधै सरकार तल्लीन हुनुपर्ने बताउदै यसरी हराउँदै र अतिक्रमण हुदै गए नेपालीको अस्तित्व गुम्ने बताउनुभयो । रेडियोसैनामैना



