नेपाली भूमि चीनले मिचेको छैन्-गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् ।

चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित
दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताएका हुन् ।
‘हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको छ,’ उनले भने, ‘सञ्चारमाध्यम आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन ।’
ललुङजोङको नेपाली भूमिमा चिनले भवन बनाएको-अध्यक्ष पाल्जोर
चीनले अतिक्रमण गरेको भन्ने हुम्लाका स.प्र.जि.अ. दत्तराजले दिए स्पष्टीकरण
अर्को प्रसंगमा उनले देशभरमा बाढीपहिरोले मानवीय र भौतिक क्षति गरेकाले सुरक्षित रहेपछि निर्माण गर्न सरकारले गृहकार्य सुरु गरेको बताए ।

चीन नेपाल सिमा बिवाद ५८ वर्षपछि भेटियो सीमास्तम्भ
कुन ठाउँमा बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुन्छ ।’ सभार नयाँ पत्रिका



