१ श्रावण २०८३, शुक्रबार

नेपालको स्वास्थ्य सुरक्षा सावधानीबाट चिनको असंन्तुष्टि

एसीपी संवाददाता

११ आश्विन २०७७, आईतवार १४:५२ मा प्रकाशित

फाइल तस्बिर

चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ ।

नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

‘अहिले चीनतर्फ पहिरो गएकाले सामान आउन रोकिएको छ, तर नाका निर्बाध सञ्चालन गर्न उहाँहरुले कोभिड १९ विरुद्ध सुरक्षा प्रत्याभूति माग्नु भएको छ’ खड्काले भने । रसुवागढीबाट नजिकको पीसीआर ल्याब काठमाडौंमा रहेको जानकारी गराउँदा चिनियाँ अधिकारीहरु आश्वस्त हुन नसकेको उनको भनाइ छ ।

चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको पनि उनले बताए । विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

चीनबाट सामान नेपाल भित्र्याउन सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको छ । सभार – अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x