१ श्रावण २०८३, शुक्रबार

अनसनरत डा.केसीको समर्थनमा कपिलवस्तुमा युवाहरुको धर्ना

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ११:४५ मा प्रकाशित

फाइल तस्बिर

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोबिन्द केसीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले धर्ना शुरु गरेका छन ।
गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केसीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना शुरु गरेका हुन ।

‘हामी डाक्टर केसीको साथमा छौँ’ म पनि डाक्टर केसी हो लेखिएका पम्पलेटसहति धर्ना उत्रिएका युवाहरु जिल्लाको चारनम्बर बजार चोकमा अनसन बसेका छन । डा केसीका माग पुरा नभएसम्म प्रत्येक दिन बिहान ८ बजेदखी साझ ५ बजेसम्म धर्नामा बस्ने युवा चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।

https://www.youtube.com/watch?v=r1UXAnsKOec



डा.केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाहरुले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउदै राज्यले उहाका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनु पर्ने माग गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x