१ श्रावण २०८३, शुक्रबार

तरुण दल नगर सभापति शाह जेलमुक्त

एसीपी संवाददाता

१४ आश्विन २०७७, बुधबार १४:०४ मा प्रकाशित

नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति शन्दिप शाह जेलमुक्त हुनुभएको छ । हातहतियार मुद्दामा पक्राउ परेका नगर सभापति शाह बुधबार रिहा हुनुभएको हो ।

बुधबार अदालतले ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको छ । उता अदालतले सुनाएको फैसलाभन्दा बढि कैद भुक्तान गर्नुभएकाले शाहलाई बुधबार नै रिहा गरिएको हो ।

नेपाली कांग्रेस बाँकेका सचिव कपिल शर्माले अदालतले बुधबार ६ महिना कैद सजाय सुनाएको र तोकिएको सजाय कटिएकाले शाह रिहा भएको जानकारी दिनुभयो । यद्दपि अदातलतको पूर्ण पाठको विवरण आइनसकेको बताउनुभयो ।

पक्राउ परेको मितिदेखि नै सजायको समय जोडिने भएको हुँदा शाहले ६ महिनाको सजाय काटिसकेको सचिव शर्माले बताउनुभयो । शाहको कारबाट २०७६ कार्तिक १४ गते गनापाुरस्थित नमस्ते रेष्टुरेण्टमा फार्किङ्ग गरिएको अवस्थामा हतियार फेला परेको थियो ।

विशेष अधिवेशन बोलाउन काङ्ग्रेसको माग

विशेष अधिवेशन बोलाउन काङ्ग्रेसको माग

अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि

अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x