गान्धी जन्म जयन्तीको अवशरमा भारतिय दुतावासबाट पाएको एम्बुलेन्स युवा नेताको अथक पहलको परिणाम


दार्चुला । लामो समयसम्मको अथक पहल प्रयास ले परिणाम देखाएको छ । दार्चुलाको उत्तरी भेगमा पर्ने भारत र चीनसित सिमाना जोडिएको भौगोलिक बिकटता भएको ब्यास गाउँपालिकाबासी जनताले स्वास्थ सेवा चुस्त दुरुस्त उपलब्ध पाउन र लामोदुरी सम्म घन्टौ बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यताको अब अन्त्य भएको छ ।

समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन सकियोस् भन्ने उदेश्यले ब्यास गाउँपालिका अध्यक्ष ,समृद्ध ब्यास निर्माणका नायक, भासण बाट भन्दा काम बाट जनताको मन जित्न सफल लोकप्रीय ब्यक्ति दिलिप सिह बुढाथोकी र नेपाल भारत मैत्री संघ केन्द्रिय सल्लाहकार बसुदेब ऐतिवाल र नेपाल भारत मैत्री संघका आजिवन सदस्य तथा नेपाल कांग्रेसका युवा नेताको अथक प्रयास पहलबाट परिणाम देखिएको छ ।
शान्ति र अहिंसा प्रतिमुर्ति माहात्मा गान्धी को जन्म जयन्तीको शुभ अवशरमा भारत सरकार बाट नेपाली स्थिति भारतीय राजदूतावास मार्फत ब्यास गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको छ । सहयोगको लागि ब्यास गाउँपालिका बासी जनसमुदायले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।पाहारा



