१७ असार २०८३, बुधबार

ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार २२:२१ मा प्रकाशित

काठमाडौं ।  अमेरिकी प्रविधि कम्पनी गुगलले ताइवानविरुद्ध चीनले साइबर आक्रमणलाई तीव्र पार्दै लगेको चेतावनी दिएको छ । ताइवानमा चुनाव नजिकिँदै गर्दा चीनले ताइवानविरुद्ध साइबर आक्रमणलाई तीव्र पारेको हो ।

गुगलको जोखिम मूल्याङ्कन विभागका वरिष्ठ इन्जिनियर केट मोर्गनले ब्लुम्बर्गलाई बताएअनुसार पछिल्लो ६ महिनायता ताइवानमाथि चिनियाँ साइबर आक्रमणमा ‘ठूलो वृद्धि’ देखिएको छ ।

राज्य प्रायोजित साइबर आक्रमणको विश्लेषण गर्दै आएको गुगलको उक्त विभागले चिनियाँ ह्याकरहरुले पछिल्लो समय आफूहरुलाई पनि झुक्याउन थालेको जनाएको छ ।

पछिल्लो समय चिनियाँ ह्याकरहरुले घरेलु र कार्यालयमा प्रयोग हुने राउटरको प्रयोग गरी ह्याक गर्ने गरेको मोर्गनले बताइन् । उनका अनुसार चिनियाँ ह्याकरहरुको यस्तो रणनीतिबाट उनीहरुको यथार्थ स्रोत पत्ता लाग्न कठिन हुन्छ । यस्तो अवस्थामा उनीहरुको पहिचान गर्नसमेत मुश्कील हुने उनले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x