चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन
चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

फाइल तस्बिर

मंगलवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटघाट भएको छ । मंगलबार बिहान खनाल निवास डल्लुमा दुई जनाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवादकाबीच नेकपाका नेताहरुसँगको उनको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।
राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको स्रोतको दावी छ । यसरी राजदूत यान्छीको भेटघाट बढ्नुले नेकपाभित्रको आन्तरिक मामिलामा चीनको चासो रहेको भन्ने बुझिन्छ ।
त्यस्तै, राजदूत यान्छीले हिजो (सोमबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता गरेका थिए ।

राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो ।
यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।



